
चितवन – चितवनमा स्थापना गर्न लागिएको भगवान राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती प्रधामन्त्रीले काठमाडौमा पुजाआजा गरेका छन्। प्रधामन्त्री केपी शर्मा ओली र पत्नि राधिका शाक्यले बालुवाटारमा विधिवत् पुजा गरेपछि ति मुर्तीहरु आजै रथयात्रा गरेर चितवन पठाइएको छ।

प्रधानमन्त्रीले चितवनको अयोध्यापुरीलाई भगवान रामको जन्मभुवी दावी गर्दै त्यहाँ गएको वर्ष देखी नै राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी शुरु गरेका थिए।
बिज्ञापन



त्यहा सरकारले राम मन्दिर समेत बनाउने तयारी गरेको छ। अहिले स्थापना गर्न लागिको मुर्ती प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा बनाएको बताईन्छ।
