
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि बाँकेमा लकडाउन घोषणा गरिएको छ।
आज (बुधबार) बेलुकी १२ बजेबाट लागु हुनेगरी नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको हो।
मंगलबार बसेको कोरोना संकट व्यवस्थापन समिति बैठकले एक सातासम्म लकडाउन गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई सुझाएको थियो।
सोही सुझाव बमोजिम जिल्ला प्रशासनले लकडाउन घोषणा गरेको हो ।