
काठमाडौं– नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको र कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयास भइरहेको भन्दै त्यसबारेमा आवश्यक जानकारी लिइरहेको बताएका छन् ।
नेताहरुलाई सोधिएको स्पष्टिकरणको सम्बन्धमा उपयुक्त समयमा निर्णय गरिने पनि बताए । उनले भने ‘त्यसको बारेमा पनि अलिकति जानकारी गराउनुभयो प्रधानमन्त्रीले । अस्तिनै बैठकले त्यस बारेमा छलफल गरेर प्रस्ताव तयार गर्नको निम्ति स्थायी कमिटीलाई भनेको हुनाले आवश्यक निर्णय चाहिं आगामी दिनमा हुँदै जानेछन् । अलिकति स्थितिको हामीले समिक्षा ग¥यौँ । अहिले अविश्वासको प्रस्ताव त्याउने कोसिसहरु पनि भइरहेको छ । प्रतिपक्षले ल्याउने कुरा त धेरै ठुलो कुरा भएन । तर कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका त्यस्ता प्रयासहरु पनि छन्, तिनीहरुको बारेमा हामीले आवश्यक जानकारीहरु लिइरहेका छौँ आवश्यक निर्णयहरु पछाडी उपयुक्त समयमा गरिनेछ ।’