प्रतिशोध र बदलाको राजनीतिले गन्तव्यमा पुर्‍याउदैन्: नेता भट्टराई

काठमाडौं– माधव नेपाल समूहले छुट्टै पार्टी खोल्ने चर्चा चलिरहेका बेला नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिशोधको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्याएको बताएका छन् ।

 

बिज्ञापन

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने माधवकुमार नेपालसहितका ११ सांसदलाई स्पष्टीकरण सोध्ने नेकपा एमालेले निर्णय र एमाले फुट्ने निश्चित भएका बेला नेता भट्टराईल धैयताका साथ संवाद गर्न पनि आग्रह गरेका छन् ।

 

उनले भनेका छन्– ‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौं ।’