यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । कतै तपाइँको त परेन?

 

काठमाडौँ । कन्या राशि : यो राशी भएका महिलाहरुमा श्रीमानलाई सजिलै काबुमा राख्ने क्षमता हुन्छ । यी राशी भएका महिलाहरु आफ्नो कर्मघरमा आफ्नो उपस्थिति बलियो रुपमा प्रस्तुत गर्ने गर्छन । आफ्नो पतिलाई नियन्त्रणमा राख्नको लागि साम, दाम,दण्ड, भेदको समेत प्रयोग गर्न पछि पर्दैनन् । यस राशिका महिलाहरु आफ्नो कर्मघरलाई स्वर्ग बनाउन हर सम्भव प्रयत्न गरिरहन्छ।

 

वृश्चिक राशी : यो राशी भएका महिलाहरु अफ्ठ्यारो परिस्थतिमा रुष्ट रहेका व्यक्तिलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका हुन्छन् । यस राशिका महिलाहरु आफ्नो पतिलाई पनि आफ्नो नियन्त्रणमा राख्ने गर्छन् । पतिको कुरा सुन्दै परिवारमा राज गर्ने यस राशिका महिलाहरु आफ्नो कुरा राख्न अलिकति पनि डराउदैनन् । परिवारको हरेक कार्यमा आफै हावी हुने आदत यिनीहरुमा हुन्छ ।

 

सिंह राशि : यो राशी हुने महिला व्यवहारमा अत्याधिक जिद्दी मानिने र आफ्नो पतिलाई जिद्दीलेनै नियन्त्रणमा राख्न सक्षम हुने गर्छन । कर्मघरमा हुने हरेक कार्यमा आफ्नो संलग्नता कायम राख्न खप्पिस हुनाले आफ्नो कर्मघरमै राज नै गर्ने गर्छन् । यस राशिका महिलाहरुसँग हरेक परिस्थितिमा आफ्नै तरिकाले समस्याको समाधान गर्ने खुबी हुन्छ ।