चिनियाँ सर्वेक्षण टोलीका अनुसार सगरमाथाको उचाई ८, ८४४.४३ मिटर !

कोरोना भाइरसको महामारीबीच चीनले सरकारमाथाको उचाई पुनः नापेको बताएको छ । करिब २७ दिनसम्म चलेको सर्वेक्षणको उद्देश्य संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको उचाईबारे जानकारी लिनु थियो ।

 

बिज्ञापन

चिनियाँ वैज्ञानिकका अनुुसार सगरमाथाको उचाई यसअघि भनिएकोभन्दा ४ मिटर कम पाइएको छ । यसका लागि ८ सदस्यीय टोली तिब्बतको बाटो हुँदै बुधबार सगरमाथाको शिखरमा पुगेको थियो ।

 

चीनका अनुसार सगरमाथाको उचाई ८ हजार ८४४.४३ मिटर रहेको छ । नेपालले नाप्दा सगरमाथाको उचाई ८ हजार ८४८.१३ मिटर थियो । वैज्ञानिकले १ मेदेखि सगरमाथाको उपचार नाप्न सर्वेक्षण सुरु गरेको थियो ।

 

चीनले नेपालले सगरमाथाको उचाई सही रुपमा ननापेको बताएको थियो । चीनको सर्वेयरले हालसम्म ६ पटक नापिसकेका छन् । सन् १९७५ र २००५ मा दुई पटक उचाई क्रमशः ८ हजार ८४८.१३ मिटर ८ हजार ८४८.४३ मिटर बनाइएको थियो ।

 

सगरमाथाको शिखरमा सो टोली १५० मिनेट बसेको थियो । टिमले सगरमाथाको शिखरमा सबैभन्दा लामो समय बस्ने चिनियाँको रेकर्ड तोडेको छ । सो क्रममा टोलीले २० वर्ग मिटर चौडा शिखरमा सर्वे मार्क पनि लगाएको जनाएको छ