
भरत दाहाल- बिश्लेषक
नेपाललाई कहिल्यै पनि उठ्न नदिने फ्याक्टरहर यी हुन्
यिनका विरुद्धमा सम्ज्झौताहिन लडाई लड्न को को तयार छन् ?
मूल समस्यामा नबोल्नेहरु आकर्षक खोलमा सजाईएका दलाल नै हुन्।
१. ईण्डियासंगको खुला सिमाना विनासर्त बन्द गर्नु पर्दछ।
२. १९५० को अपमानजनक सन्धि एकपक्षिय रुपमा खारेज गर्नु पर्दछ।
३. नेपालमा भएका सबै NGO/INGO हरुको दर्ता खारेज गर्नु पर्दछ।
४. बाहिरबाट हस्तान्तरित व्यवस्था जरैदेखि उन्मूलन गर्नु पर्दछ।
५. ईण्डियाबाट अतिक्रमित जमिन कुनै पनि मूल्य चुकाएर फिर्ता गर्नु पर्दछ।
६. बंशजको आधारमा लिईएका बाहेक सबै नागरिकताहरु खारेज गर्नु पर्दछ।
७. नेपालको आन्तरिक मामिलामा हात हाल्ने सबै विदेशी दूताबास बन्द गर्नु पर्दछ।
८. देश लुटेराहरु जो भए पनि तिनीहरुको संपत्ति जफत गरेर श्रम काराबास पठाउनु पर्दछ।
९. ईण्डियन र ब्रिटीश सेनामा हुँदै आएको नेपालीहरुको भर्ति बन्द गर्नु पर्दछ। …………………………… आदि।
यी मुद्दाहरुमा जो बोल्दैनन्, तिनीहरुको नेतागिरी कुर्सिको च्याँखे हो। यस्ता च्याँखेहरुमा हामी धेरै पटक फसिसकेका छौं तर हात लाग्यो देशको निरन्तर वर्वादी मात्र।
इतिहासको पाठ सिकौं ! बरु समय लागोस् तर दिगो समाधाको दिशामा लागौं ! हाम्रो जीन्दगी कहिले यो र कहिले त्यो विदेशी दलालका लागि गुजारिनु हुँदैन। समस्या धेरै गहिराे छ। धैर्यता र विवेक विना यससंग लड्न सजिलाे छैन।
भरत दाहालको फेसबुकबाट