
काठमाडौ । मण्डनदेउपुर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनास्थलमा गएको प्रहरीको सवारी दुर्घटना हुँदा ८ प्रहरी घाइते भएका छन् ।
दुर्घटना भएको ठाउँमा भिड अत्यधिक बढेपछि बागमती गुल्मबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा गएको प्रहरीको गाडी पनौती नगरपालिकाको बाँघारीमा अर्काे जिपसँग ठोक्कीएर दुर्घटना भएको हो ।
प्रहरीको ना १ ग ४८४ नम्बरको प्रहरीको गाडीले रोकेर राखेको बा १३ च ५०७५ नम्बरको जिपलाई पछाडीबाट ठक्कर दिएको थियो । प्रहरीको गाडीमा सवार २१ मध्ये ८ जना घाइते भएको डिएसपी दिपक गिरीले जानकारी दिए ।
दुर्घटनामा प्रहरी हवल्दार बलराम तमाङको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका छन् । उनलाई उपचारार्थ काठमाडौं पठाइएको छ । अन्य घाइते प्रहरीको शिर मेमोरीयल अस्पताल बनेपामा उपचार भइरहेको गिरीले बताए ।