माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा आज बुझाएको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णय अनुसार प्रधानमन्त्री  केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र आज संसद् सचिवालयमा बुझाएको हो ।

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन । प्रतिनिधिसभा पुनस्र्थापनासँगै लामो समयदेखि प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेभएपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले सर्मथन फिर्ता लिएपनि प्रधानमन्त्री ओलीले वैशाख २७ गते  विश्वासको मत लिने निर्णय गरे अनुसार सो दिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।