प्रधानमन्त्रीद्वारा राष्ट्रिय सहमतीको सरकारको आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतीको सरकारका लागि आह्वान गरेका छन्। बालुवाटार पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो आह्वान गरेका हुन्। उनले यसका लागि प्रतिपक्षी दलका सभापती शेरबहादुर देउवासँग कुरा गरेको बताए।

प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रस्ताव देउवासमक्ष राखेको बताए। ‘मैले बिहानै शेरबहादुर देउवाज्युलाई फोन गरेको थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘सहमतीको सरकार बनाएर अघि बढौँ भनेको छु।’

महामारीको समयमा फोहोरी राजनीतिक खेलमा नलागेर एकजुट भएर अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीले बताए। ‘एकजुट भएर अघि बढौँ भन्ने हो,’ उनले भने, ‘म हरेक बिकल्पलाई आत्मसात गर्नेछु।’