सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अजित कुमार श्रीवास्तव दुई लाख रुपैयाँ  घुससहित पक्राउ

काठमाडौं । कञ्चनपुर सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अजित कुमार श्रीवास्तव नगद दुई लाख घुससहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवलाई कार्यालयबाटै पक्राउ गरेको हो ।

 

श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेको अख्तियारका सूचना अधिकारी टोपबहादुर विष्टले जनाएका छन् ।

 

कमिसनबापत लिएको दुई लाख घुस रकम भान्सामा रहेको चामलको बोरामा लुकाएर राखेको अवस्थामा श्रीवास्तवलाई पक्राउ गरिएको विष्टले बताएका छन् ।