निफमा ‘आमा खान्डो’ लाई उत्कृष्ट फ़िल्म र निर्देशकको अवार्ड

नेपाल अन्तराष्ट्रीय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण सकिएको छ।महोत्सवमा ‘आमा खान्डो’ ले उत्कृष्ट फ़िल्म र उत्कृष्ट निर्देशनतर्फको अवार्ड जितेको छ।फिल्मले एक लाख नगद प्राप्त गर्यो ।

निफमा उत्कृष्ट फिल्म अवार्ड अन्तर्गत राजेश प्रसाद खत्रीको ‘जुलुंगो’ले हात पारेको छ।यस फ़िल्मले ५ सय अमेरिकन डलरको पुरस्कार प्राप्त गर्यो।५ सय डलरको बागमती अवार्ड भने कोरियाका निर्देशक संगबिन बुनको ‘गड्स डटक डान्सेज’ ले प्राप्त गर्यो।

बिज्ञापन

फिन्ल्यान्डका निर्देशक थोमेस कुर्तागोले मन्जुस्री अवार्ड उत्कृष्ट एनिमेसनतर्फ हात पारे।उत्कृष्ट वृत्तचित्रमा भने गणेश पान्डेको ‘सिभिल सोल्जर्स’ ले प्राप्त गर्यो।

यसैगरी माउन्ट एभरेष्ट वृत्तचित्र अवार्ड स्वीजरल्यान्डका निर्देशक एड्रिना जेकाको ‘रिटर्न टु द लस्ट’ ले पायो।गौतमबुद्ध अवार्ड अन्तर्गत भारतीय चलचित्र ‘डिक्शनरी’ र उत्कृष्ट लेखनतर्फ सरिता,उत्कृष्ट छायंकन तर्फ र महिला तथा पुरुष कलाकारको अभिनय तर्फ लाटोकोशेराले अवार्ड जित्यो।