
दमक । झापाको गौरादह नगरपालिका वार्ड नम्बर १ बस्ने ६५ बर्षिय पार्वता भण्डारी आफ्नै घरमा मृत भेटिएकि छिन् । आफ्नै घरभित्र खाट मुनि पछाडि हात बाधेर रगतमा लतपत भएको अबस्थामा निजलाई भेटिएको थियो ।
निजका श्रीमान भिम भण्डारी दिउँसो ४:३० बजे तिर घरमा आएपछि घटना सार्वजनिक भएको थियो । `म बाहिरबाट ४:३० बजे तिर घरमा आउदा कोठा भित्र छिरे , कोठा अलिक अध्यारो थियो श्रीमती खाटमुनि लडेको जस्तो लागेर तान्दा हात पछाडि बाधिएको थियो शरीर भरि रगत लागेको थियो ।´ श्रीमान भिम भण्डारीले ओमकार टाईम्ससंग संक्षिप्त कुरा गर्दै भने । घटनाको बिस्तृत बिबरण आउन बाँकी छ ।