
धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ। नगर प्रमुख अनिलकुमार यादवका अनुसार मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोदकुमार मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
दुई सातादेखि ज्वरो, रुघाखोकीसहितको लक्षण देखिएपछि वडा अध्यक्ष विनोदकुमार मण्डल गाउँमै औषधी सेवन गरेर अलि सञ्चो भएका थिए। घर फर्किएकोको दुई दिनपछि पुनः बिरामी परेपछि उनलाई उपचारका लागि धनुषा अस्पतालमा ल्याइएको थियो। त्यहाँ पनि विसेक भएपछि वडा अध्यक्ष घर फर्किएका थिए। फेरि केही दिनपछि श्वासप्रश्वासमा समस्या आएपछि चन्द्रकला देवी अस्पतालको आईसियू कक्षमा भर्ना गराइएको थियो। मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए।