
काठमाडौं । आजदेखि सांसदहरुलाई कोरोना कोरोना भाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबारदेखि कोरोना भाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउन लागिएको जनाएको हो ।

शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने सचिवालयले जनाएको हो ।
बिज्ञापन



अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ।
