
एजेन्सी । तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा आठ प्रहरी मारिएका छन् ।
शुक्रबार बिहान सबेरै मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा गरेको आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् ।
तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारीले पनि कारबाही गर्दा दोहोरो भिडन्त भएको थियो । सो क्रममा तालिबानतर्फ पनि हताहत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
तर यति नै सङ्ख्यामा आतङ्ककारीतर्फ हताहत भएको सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस आक्रमण र झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् ।