
धनकुटा । शिक्षकले १० मा अध्ययनरत छात्रालाई पाइप र हातले अन्नधुन्न हान्दा ३ घाइते शरिरभरि निलडाम !




शिक्षकको कुटपिटबाट धनकुटाको एक विद्यालयमा ३ जना विद्यार्थी घाइते भएका छन् ।

धनकुटाको छथरजोरपाटी गाउँपालिकामा रहेको सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका ३ जना छात्रालाई शिक्षकले कुटपिट गर्दा घाइते भएका हुन् ।
कक्षाकोठामा सोधेका प्रश्नको उत्तर दिन नसकेको भन्दै शिक्षक यशुन ओझाले पाइपले हान्दा कक्षा १० मा अध्ययनरत छात्राहरु चन्द्रकला मगर, विभूति सुब्बा र अस्मिता मगर घाइते भएको र उनीहरुको पिडुला, हात र पिठ्युमा निलडाम समेत बसेको बताइएको छ ।
विद्यालयका शिक्षकले आफ्ना छोरीहरुलाई गोरुझैँ कुटेको भन्दै पिडित बालिकाका परिवारले यातना दिने ओझालाई कारबाही गरि विद्यालयबाट निस्काशन गर्न विद्यालय प्रशासन समक्ष माग गरेका छन् ।
विद्यालयका प्रध्यानाध्यापक साधना भुजेलले भने विद्यार्थीलाई केहि डरत्रास देखाएर पढाउनुपर्ने अवस्था भएपनि शिक्षक ओझाले गल्ती गरेको भन्दै माफी माग्न लगाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।