





–बिचार
राजा ज्ञानेन्द्र पुर्ण नैतिक मार्गमा थिए। राजा ज्ञानेन्द्र शाहले राजगद्दी त्यागेका हुन। राष्ट्र त्याग होइन एउटा असहज र जटिल मोडमा जिम्मेवारी पाएका राजा ज्ञानेन्द्र राजधर्म अनुसार चलेका हुन। यसमा कुनै दुई मत देखिदैन।राजा श्री रामले आफ्नी आमाको चाहना अनुरुप गद्दी त्याग गरेका थिए भने राजा ज्ञानेन्द्र शाहले जनचाहना अनुरुप राजगद्दी जनताको लागि त्याग गरेका हुन।
शाही सम्बोधन लाई आधार मान्ने हो भने पनि हामी जनताको नासो जनतालाई नै सुम्पेका छौ भनेका छन।सत्य र तथ्य कुरा पनि यहि हो।नेपाली जनताको नजरमा गणतन्त्र वादी कति लोकपि्रय र राजा कति अलोकपि्रय देखिन्छन्।यो कुरा नेपाली जनताले अाफ्नो विवेकले बुझ्ने कुरा हुन अाउछ।२०६२/२०६३/ भन्दा अगाडिको असहज अवस्था दल बाट अाएको अवस्था हो।राजा बाट होइन।राजा भनेका एकताका अाधार हुन।यहि अाधारमा निशाना साधियो जस अनुरुप देश लथालिङ्ग भयो।नेपाली जनता अाफ्नो मौलिकता भन्दा बाहिरको मार्गमा निर्देशित भए।
गणतन्त्र संघियता धर्म निरपेक्षको जालो भित्र पसे मौलिकता र नैतिकता विलय हुन पुग्यो।स्वामी वेवेकानन्दले स्पष्ट भनेका थिए।”जब हाम्रो समाजको एउटा सदस्य धर्मान्तरित हुन्छ तब समाजको एक संख्या कम मात्र हुदैन किन्तु समाजमा एक शत्रु पनि बढ्छ।” धार्मिक स्वतन्त्रताको नाममा धर्म परिवर्तन गराउने रणनीति निरपेक्ष को भएकाले यस्ता कुरामा कसैलाई चासो भएन।राज्यको कुनै धर्म नहुने भनेर परिभाषित गरियो जसले गर्दा धार्मिक सद्भाव पनि खण्डित भएको छ।नेपाल बहुधार्मिक बहुसंस्कृतिक मुलुक भएकाले सबै धर्म संस्कृतिको राजा बाट सम्मान र संरक्षण भएकै थियो।राजा श्री रामले देखाएको मार्गमा अविचलित रहि सत्य मार्ग अनुसार चलेकाले राजा ज्ञानेन्द्र शाह नेपाली जनताका मन मुटुमा अाज पनि बस्न सफल छन।
मर्यादा पुरुषोत्तम भगवान श्री राम पछि राज गद्दी सहज तरीकाले त्याग गर्ने राजा केवल ज्ञानेन्द्र शाह हुन।समय फेरिएला मौसम फेरिएला तर इतिहास फेरिदैन।इतिहास उनकै महत्त्वपूर्ण हुन्छ जसले धर्मको मर्यादा राखे जसले धर्मको मर्यदा राखे उनलाई भगवानले साथ दिन्छन।भगवान पशुपति नाथको अनुकम्पा गोरख नाथको अाशिर्वाद भगवान गौतम बुद्धको शान्ति महागुरु फाल्गुनान्दको दूर दृष्टि र नेपाली जनताको साथ बाट बृद्ध राजा झनै लोकपि्रय बनेका छन।