
झापा । दमक नगरपालिकामा नेकपाका नेताहरुले आफन्तलाई जागिर खुवाएका छन् । नेकपाका नगर अध्यक्षदेखि वार्ड अध्यक्ष सम्मले नाता गोतालाई जागिरमा लगाएका हुन् ।
दमक नगरपालिकाले निकालेको बिज्ञापन अनुसार आवदेन दिएका अरु भने निराश छन् । नेकपाका नगर प्रमुख बोधप्रसाद घिमिरेले छोरी शिखालाई स्टाफ नर्समा जागिर लगाएका छन् ।
यस्तै दमक ८ का वार्ड अध्यक्ष पशुपति गौतमले बुहारी सुशिला निरौलालाई जागिर लगाए भने नगर उपप्रमुख गिता अधिकारी पौडेलले भदाकी बुहारी कमला पौडेललाई र नेकपा निकट व्यवसायी संघका अध्यक्ष धुब्र भटटराईकी छोरी सविनालाई समेत नियुक्ति दिइन् ।
यस्तै हेल्थ असिस्टेन्टमा जागिर लगाइएकी पुष्पा अल्का निरौला भने तत्कालीन नेकपा एमालेका सचिव तुलसी निरौलाकी छोरी हुन् ।
नगरपालिकाको प्रमुख नेतृत्वमा बसेका ब्यक्तिहरुले नै आफन्तलाई जागिर दिन थालेपछी अन्य राजनीतिक ब्यक्तिहरुले समेत विरोध जनाएका छन् । समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लीडले राजनीतिक नेतृत्वको बेइमानीको बिरोध गरेका छन् । उनले फेसबुक मार्फत विरोध जनाएका हुने ।
यसरी दमक नगरपालिका मा जनप्रतिनिधिहरुले आफना र आफना पाटिलाई मात्र रोजगारी दिएपछि चौतर्फी बिरोध सुरु भएको छ ।
नेकपाबाटै निर्वाचित जनप्रतिनिधीका अनुसार पटक पटक अनियमित काम नगर्र्न दबाब दिएपनि नेतृत्वले सुनुवाइ गरेन् । हामीले सचेत गरेका हौ, तर मानेनन्, उनले भने, सर्वहारा, दलितलाई दिइनुपर्ने अबसर आफै खोसेर खाए ।