`विमानमा बम राखिएको छ´ भन्ने इमेल प्राप्त भएपछि…..

एजेन्सी । बमको खतरा भएको सूचना प्राप्त भएपछि एअर इन्डियाको एक यात्रुवाहक विमानलाई लन्डननजिकै स्ट्यान्स्टेड विमानस्थलमा अवतरण गराइएको छ।

 

एअर इन्डियाको एआ–१९१ विमान भारतको मुम्बईबाट अमेरिकाको नेवार्कतर्फ उडेको विमानमा बम राखिएको चेतावनी इमेलमा प्राप्त भएपछि सो विमानलाई अवतरण गराइएको हो ।

 

ब्रिटेनको रक्षा मन्त्रालयका अनुसार त्यो विमानलाई रोयल एअरफोर्सका टाइफुन लडाकु जेटहरूको सुरक्षा घेरामा आपत्कालीन अवतरण गराइएको हो।

 

एअर इन्डियाले त्यो विमानमा बमको खतरा भएको भन्दै एउटा ट्वीट गरेको थियो। तर त्यो पछि हटाइयो।

 

सो विमानसेवाले रोएटर्स समाचारसंस्थालाई बमको झूटो चेतावनी दिइएको बताएको छ।

 

स्ट्यान्स्टेड विमानस्थलले जारी गरेको विज्ञप्तिअनुसार ३२७ यात्रु सवार त्यो विमान ब्रिटिश समयानुसार १०ः१५ बजेतिर अवतरण गराइएको थियो। त्यसपछि त्यसलाई विमानस्थलको एकान्त स्थानमा लगिएको थियो।

 

कुनै खतरा नभएको पुष्टि भए पनि त्यो विमान राति २१ः३० बजे नेवार्कका लागि उडेको थियो।