
काठमाण्डौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय विशेष छानबिन समितिको म्याद थप हुने भएको छ।
गत असार २२ मा गठित समितिले पाएको १० दिनको म्याद आज सकिँदै छ। समितिले सभामुख अग्निप्रसाद सापकोटालाई म्याद थपको आग्रह गरेको थियो। सभामुखले संसदको कार्यसूचीमा म्याद थपको प्रस्ताव पेस गर्ने उल्लेख गरिएको छ।