गोठ भत्किँदा तीन महिनाकी शिशुको मृत्यु

दाङमा अविरल वर्षाका कारण घर नजिकैको गोठ भत्किँदा तीन महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिरघरको भित्ता भत्किँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

बिज्ञापन

यस्तै मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते भएका छन् । घाइते आमा-छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घटनास्थलबाट शिशुको शव निकालिएको छ ।

घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको प्रहरीको भनाइ छ ।