कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा थप २ जनाको मृत्यु

कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा थप २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालको कोभिड इन्चार्ज डा. सागर काफ्ले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ की ६१ वर्षकी एक महिलाको आइतबार दिउसो १ बजेको समयमा मृत्यु भएको हो ।

त्यस्तै थाहा नगरपालिका वडा नम्बर–३ का ७५ वर्षका एक पुरुषको आज विहान करिव १० बजेको समयमा मृत्यु भएको उनले बताए ।
केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिए पछि थप उपचारका लागि हेटौंडा अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको थियो ।

योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १३ जना महिला र ३४ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।