`आईफा अवार्ड´ का लागि एक अर्व दिन लागिएको विषयप्रति भिम रावलको गम्भीर आपत्ति

काठमाडौ । नेता रावलले आईफा अवार्डको लागि एक अर्व दिन लागिएको विषयप्रति गम्भीर आपत्ति जनाउनु भयो ।

 

उहाँले भारतीय चलचित्र पुरस्कार आईफाको आयोजनाका लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको उल्लेख गर्दै पार्टीको स्थायी कमिटी बैठक भए जान्न पाइन्थ्यो कि भन्ने प्रश्न समेत गर्नुभयो ।

 

उहाँले सरकारले नेपाली चलचित्रको लागि कति पैसा दिएको छ ? भन्ने प्रश्न गर्दै आइफा अवार्डका लागि स्थान उपलब्धता र सुरक्षाको प्रबन्ध गर्ने जिम्मेवारी मात्र राज्यको दायित्वमा पर्ने बताउनुभयो ।

 

आइफा अवार्डको लागि सरकारले सहयोग गर्दा नेपालको पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास हुने भनेर गरेको कतिपयको टिप्पणीप्रति आफ्नो असहमति रहेको पनि नेता रावलले बताउनुभयो ।