चलचित्र ‘प्रेम गीत ३’ को नायिकाका रुपमा क्रिस्टिना गुरुङ छानिन

काठमाडौ । चलचित्र ‘प्रेम गीत ३’ को नायिकाका रुपमा क्रिस्टिना गुरुङ छानिएकी छन् । निर्माण टिमले आइतबार क्रिस्टिना नै प्रेम गीत ३ को हिरोइन हुने स्पष्ट पारेको हो ।

 

बिज्ञापन

अमेरिकाबाट अडिसनका लागि केही महिनाअघि नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जनालाई जितेर चलचित्रमा काम गर्ने अवसर पाएकी हुन् ।

 

आशुसेन फिल्मसकाे ब्यानरमा निर्माण हुने चलचित्रमा शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, अनुभव रेग्मी फाइनल भइसकेका छन् ।

 

भदौदेखि छायांकनमा जाने चलचित्रलाई सन्तोष सेन र छोदेन गुरुङले संयुक्त निर्देशन गर्दै छन् ।

 

चलचित्रको मुख्य भूमिकाका लागि नायक प्रदीप खड्कालाई अनुमान गरिए पनि आधिकारिक रुपमा निर्माण टिमले जानकारी गराएको छैन ।

 

चलचित्र छायांकन मनाङ र मुस्ताङलगायतका स्थानमा गर्न लागिएको निर्माण टिमले जनाएको छ ।

 

को हुन् क्रिस्टिना ?

 

काठमाडौंमा जन्मिएकी क्रिस्टिना अध्ययनका लागि केही समयदेखि अमेरिका बस्दै आएकी थिइन् । उनी चलचित्र अडिसनकै लागि अमेरिकाबाट नेपाल आएकी हुन् ।

 

क्रिस्टिना अमेरिकाको बाल्टिमोर विश्वविद्यालयमा आईटीमा स्नातक गर्दै छिन् । परिवारसँगै अमेरिका बस्दै आएकी क्रिस्टिनाले यसअघि म्युुुजिक भिडियोमा समेत काम गरिसकेकी छन् ।