भारतमा एकैदिन ३३८० जनाको मृत्यु, नयाँ संक्रमित घट्दै

भारतमा नयाँ कोरोना संक्रमित भेटिने क्रम घट्दै गएको छ। पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५ सय २९ नयाँ संक्रमित फेला परेका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ३ हजार ३ सय ८० जनाले ज्यान गुमाएका छन् भने १ लाख ९७ हजार ८ सय ९४ जना संक्रमणमुक्त भएका छन्।

 

बिज्ञापन

अहिलेसम्म भारतमा २ करोड ८६ लाख ९४ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण भएको छ भने त्यसमध्ये २ करोड ६७ लाख ९५ हजार ५ सय ४९ जना संक्रमणमुक्त भैसकेका छन्। अहिलेसम्म संक्रमित भएका मध्ये ३ लाख ४४ हजार ८२ जनाको भने मृत्यु भएको छ। भारतमा अहिलेसम्म २२ करोड ७८ लाख ६० हजार भन्दा धेरैलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइएको छ।