
कोरोना नियन्त्रण तथा रोकथाम गर्न जारी गरिएको निषेधाज्ञाको विरोध गर्ने दुई युवक रूपन्देहीमा पक्राउ परेका छन् ।
दैनिक जीवनयापनमा समस्या भएको भन्दै निषेधाज्ञाको उलंघन गर्न सार्वजनिक रूपमा अपिल गर्ने एक समूहका अर्जुन कुर्मीसहित दुई जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख मनोज केसीले बताएका छन् ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको खुनगाई बजारमा स्थानीय युवाहरूले निषेधाज्ञा निरन्तर जारी गरेको भन्दै शनिबार विरोध प्रर्दशन गरेका थिए।
उक्त समूहले आज आइतबार सबै बजार खुलाउने भन्दै स्थानीयलाई बजार खोल्न सार्वजनिक रूपमा आग्रहसमेत गरेका थिए।
रुपन्देही आगामी जेठ ३१ गते सम्म निषेधाज्ञा छ ।