
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि पुनर्गठित संवैधानिक इजलासप्रति महान्यायाधिवक्ता रमेश बडालले असहमति जनाएका छन् । इजलासमा सुनुवाइ शुरू भएलगत्तै महान्यायाधिवक्ताले भने, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ ।
अस्तिको विषयबाट हामी सुरु गर्छौं । अस्तिको इजलासमा भएकालाई किन हटाइयो ?’ महान्यायाधिवक्ताले यसअघिको इजलासमा भएका दुईजना न्यायाधीशलाई हटाइएकाे र आफैं छाडेका दुईजनालाई राखिएकाेमा आपत्ति जनाएका हुन् ।