योगेशले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीको सपथ लिएका छन् ।

 

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

 

भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीमा नियुक्त गरेका थिए ।

 

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिलिम्सना लगायतको उपस्थिति रहेको थियो ।

 

नवनियुक्त मन्त्री भट्टराईले आजै कार्यभार सम्हाल्ने छन् । उनी पहिलो पटक मन्त्री भएका हुन् ।

 

गएको प्रतिनिधिसभा निर्वाचनमा भट्टराई ताप्लेजुङबाट भारी मतका साथ विजयी भएका थिए ।