पाथीभरा माताले हामी सबैको रक्षा गरुन्  हेर्नुस् आज असार १८ गते बुधबारको राशिफल

आजको राशिफल पञ्चाङ्ग

वि.सं. २०७६ असार १८। बुधबार। इ.स. २०१९ जुलाई ३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। प्रतिपदा, २३:१७ उप्रान्त द्वितीया। नक्षत्र– आर्द्रा, ७:४७ बजेउप्रान्त पुनर्वशु। योग– ध्रुव, १३:३८ बजेउप्रान्त व्याघात। करण– किंस्तुघ्न, १२:१२ बजेदेखि वव, २३:१७ बजेउप्रान्त वालव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मिथुन, २५:०० बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३० पला।राशिफल

 

मेष –
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

 

बृष –
समयको गतिलाई पछ्याउन नसक्दा अलि दु:ख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न कठिनाइ हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउनेछ। संगत र खानपानमा सावधान रहनुहोला।

 

मिथुन –
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझावमाथि विश्वास गर्नाले धोका हुन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट लाभ लाभ उठाउन सकिनेछ।

 

कर्कट –
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।

 

सिंह –
मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम बन्न सक्छ। तापनि, विवादमा परिने सम्भावना देखिएकाले विचार सम्प्रेषण गर्नुअघि विचार पुर्याउनुहोला। सहयोगीहरूले काममा साथ दिनाले राम्रै फाइदा हुनेछ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम बन्नेछन्। पठन–पाठनमा प्रगति हुनेछ। सभा–समारोहमा सहभागी बन्ने अवसर जुट्नेछ।

 

कन्या –
परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। प्रशंसक बढ्नेछन्। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ।

 

तुला –
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।

 

बृश्चिक –
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

 

धनु –
सामाजिक कामको दायित्व बढ्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। ईष्र्या गर्नेहरु सक्रिय हुनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। तापनि, अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मातापिताको सहयोग प्राप्त होला। अनावश्यक खर्च हुने क्रम भने बढ्न सक्छ।

 

मकर –
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने अलि कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मन खिन्न रहनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।

 

कुम्भ –
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइएला। ठूलो आशा गरिए पनि न्यून उपलब्धिमै मन बुझाउनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला।

 

मीन –
केही बाध्यात्मक परिस्थितिले अधैर्यपना बढ्न सक्छ। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।