
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीबीचको खेल १–१ गोलको बराबरीमै टुंगिएको छ । खेलको ३३ औं मिनेटमा फ्रिकीकमार्फत गोल गर्दै लियोनल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

बिज्ञापन



उनले फ्रिकीकमार्फत ५७ औं अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

मेसीको फ्रिकीकलाई चिलीका गोलकिपर क्लाउडियो ब्राभोले सही मुल्याङकन पनि गरेका थिए । तर, उनको औँलामा ठोक्किएर बल गोलपोष्टभित्र छियो ।
खेलको ५७ औं मिनेटमा इडुवार्डो भार्गासले चिलीबाट बराबरी गोल फर्काए ।