एकै दिन ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्य अधिकतम ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार गत बुधबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।

 

गत बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

महासंघका अनुसार आज तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

 

त्यसो त बिहीबार सुनको मूल्यमा भारी गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घट्न पुगेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३४० रुपैयाँ कायम भएको छ ।