
काठमाडाैँ । बैशाख ३० गते अत्यावश्यकबाहेकका सबै उडानहरू बन्द हुने भएका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालले आइतवार सूचना जारी गर्दै स्थानीय तहकाे निर्वाचनकाे मतदानकाे दिन सबै किसिमका आन्तरिक उडानहरू बन्द हुने जनाएकाे हाे ।संघका प्रवक्ता याेगराज कँडेलद्वारा जारी सूचनामा संघमा आवद्ध सबै सदस्य कम्पनीहरूले साे दिन उडानहरू बन्द गर्न समेत भनिएकाे छ ।मानवीय उद्दार, सहायता उडान तथा सरकारी निर्देशनमा हुने उडानहरू भने भरिने प्रवक्ता कँडेलले जानकारी दिए ।
बिज्ञापन



