
काठमाडौं । यो वर्षका रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
तर परीक्षा दिएका १२ हजार ९ जना परीक्षार्थी पास भए पनि सन् २०२० मा दक्षिण कोरियाले ६ हजार ७ जना नेपालीलाई मात्र वैदेशिक रोजगारीका लागि लैजाने भएको छ ।
जसमध्ये कोरियाको मानव शसाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जानएको छ ।