
नायक पल शाहलाई रजतपट कोशेली अभियानअन्तर्गत ‘रियल हिरो अफ दि इयर’ बाट सम्मानित गरिएको छ । यही अभियानअन्तर्गत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै बुधबार ‘रियल हिरो अफ दि इयर’ बाट सम्मानित गरिएको हो ।
महामारीका समयमा समस्यामा परेका चलचित्रकर्मीहरूलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । सम्मान ग्रहण गरेपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।
उनलाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरिएको हो ।
नायक शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरूलाई खाद्यान्न सहयोग गरेका थिए ।
यस्तै, निषेधाज्ञाको समयमा अक्सिजनको अभाव भएको समयमा पलले विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएका थिए । उनले बाढी प्रभावितहरूका लागि पनि सहयोग वितरण गरेका थिए ।