
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरा विश्व विद्यालयको २० औं साधारणसभालाई उद्घाटन गर्दै देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठूलो ठूलो योग्यता हासिल गरेकाहरु पनि बरोजगार बन्नु परेको बताउनुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ”कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउदैनन्”। यस्तो अवस्थामा मानिसहरुको समय,स्रोत सबै खेर जाने भएकोले रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानि गर्नु पर्ने बताउनुभएको छ ।
उहाँले श्रमशक्तिको समुचित उपयोग हुने नीति र कार्यक्रमको योजना आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले त्यस ठाउँको आवश्यकता,रोजगारीको अवसर आदि कुराको विश्लेषण गरेर मात्र विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताउनुभएको छ । “
विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस् ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ।
“हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहींबाट कार्यन्वयन सुरु गर्नुपर्दछ । ”
प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको बताउनुभएको छ । पौराणिक कालका ऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शाशकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समयपछि परेको हो तर अब यो अवस्था लामो समय नरहने बताउनुभएको छ ।