
काठमाडौं । नेपालमा फेरि कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिनोम सिक्वेन्सिङका लागि गत जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको हो ।
डेल्टा भेरियन्ट पुष्टि हुनेमा स्याङजाको कालीगण्डकी गाउँपालिकाका दुईजना पुरुष र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका तीन महिला छन् ।