बसको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनपुर: भीमदत्त नगरपालिका-५ शान्ति निकेतन चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

सोमवार बिहान ना ४ ख ४४६६ नम्बरको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

बिज्ञापन

बजारबाट सामान खरिद गरी सडक पार गर्ने क्रममा बुडालले बसले ठक्कर दिएको प्रहरी नायब उपरीक्षक शाहले बताए। ठक्कर दिने बसका चालक फरार रहेका छन्।

प्रहरीले चालकको खोजी गरिरहेको छ।