अमेरिकाबाट आइपुग्यो १५ लाख कोरोना खोप, एक मात्रा लगाए पुग्ने

काठमाडौं– अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी अन्तर्गतको कोरोना भाइरसविरुद्धको १५ लाख डोज खोप नेपाल आइपुगेको छ । कतार एयरको विमानाबाट सोमबार बिहान १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।यो खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई कोभ्याक्समार्फत खोप सहयोग गरेको हो ।

यो नेपालमा प्रयोग हुने कोरोना विरुद्धको तेस्रो खोप हो । यसअघि नेपालमा अक्सफोड अस्ट्राजेनकाले विकास गरेको भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड र चीनको सिनाफार्मको भेरोसेल खोप प्रयोग भइरहेको छ । यी दुबै खोप दुई मात्रा लगाउनुपर्छ ।