राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ : राष्ट्रिय सभाका एक सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । आज बेलुकादेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार पीसीआर परीक्षण गरिएकामध्ये छ जनामा संक्रमण भेटिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय सभाको अधिवेशनको अघिल्लो दिन बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएकोमा छ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ, उनले भने ।

बिज्ञापन

राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधि सभा भने पुस ५ गते नै विघटन भइसकेको छ ।