
काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
उनले अदालतको आदेशबाट आफू हट्नु परे पनि चिन्तित नभएको बताए ।
आफूले देशको विकाश र सम्वृद्धिका लागि असाधरण किसिमले काम गरेको ओलीले दाबी गरे ।
सर्वोच्च अदालतको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरी मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
त्यसअनुसार राष्ट्रपति विद्यागदेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् भने साँझ ६ बजे शपथ ग्रहणको कार्यक्रम छ ।