कुशलले गरे टी–२० मा छिटो ५०० रन बनाउने विश्व कीर्तिमानको बराबरी

नेपाली युवा क्रिकेटर कुशल भुर्तेलले टी–२० अअन्तरर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ५ सय रन पुरा गर्ने कीर्तिमान बराबर गरेका छन् ।

सोमबार घरेलु मैदानमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उद्घाटन खेलमा कुशलले उक्त कीर्तिमान बनाएका हुन् ।

बिज्ञापन

पीएनजीविरुद्धको खेलमा ओपनिङमा आएका कुशलले सुरुवाती २ रन जोड्दा उनको १२औं टी–२० खेलमा करिअरको ५ सय रन पुरा गरेका थिए ।

पाँच सय रन पुरा गरेसँगै उनले इङल्यान्डका डेविड मलान र अफगानिस्तानका हज्रतुल्लाह जजाईसँगविश्व कीर्तिमान बराबर गरेका हुन् ।उनी पीएनजीविरुद्धको खेलमा २० रन बनाएर आउट भएका थिए ।