
प्रधानमन्त्री पद छाड्नु अघि केपी शर्मा ओलीले देशबासीका नाउमा सम्बोधन सुरु गरेका छन्।

सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि ओलीको काम चलाउन हैसियत मंगलबारबाट सकिएको छ।
बिज्ञापन



सरकारी निवास छाड्नु अघि उनले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्।
