
नयाँ दिल्ली : भारतको मन्त्रिपरिषद् बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोना भाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ ।

मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसाएका हुन् । बैठकमा विशेष गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको स्रोतले जनाएको छ । भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ ।
बिज्ञापन



प्रधानमन्त्री मोदीले बैठकमा कोरोना भाइरसको महामारी न्युनीकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल गरिरहेको जनाइएको छ ।
