बेन्जेमालाई कोरोना संक्रमण

एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

रियलले शुक्रबार बेन्जेमालाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

कोरोना भाईरसको संक्रमण देखिएपछि बेन्जिमा सेल्फ आईसोलेसनमा बसेको बताईएको छ । साथै उनको अबस्था सामान्य रहेको क्लबले जनाएको छ ।