
काठमाडौं । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुंगाको मानेभन्ज्याङको डडुवामा दुर्घटनाग्रस्त भएको छ । बुधबार बिहान करिब ४ बजे बस दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बस चालक झापाका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमी रहेका छन् । यस्तै दुर्घटनामा परेर अन्य १४ जना भने घाइते भएका छन् ।
घाइते मध्ये तीन जनालाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।