
काठमाडौ । आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महासाखाका अनुसार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । आज राति प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पुर्वानुमान गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा पानी परिरहेको महाशाखाले जनाएको छ । भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ र सुदूरपश्चिमका केही भू-भागमा भने भारी वर्षा हुन सक्ने छ । भोलि राति गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।



त्यस्तै शुक्रबार पनि देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । आगामी २४ घण्टामा प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो तथा गेग्रान बहाव हुने एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
