झापामा एउटै घरमा भेटियो २७ वटा गोमन सर्प  | OmkarTimes.com

झापा । सर्प देख्दा को नतर्सेला र ? अझ घरभित्र सर्प देखियो भने त होस हवास नै उड्छ । झापाको गौरादहमा एक घरमा एउटा दुईवटा होइन २७ वटा सर्प फेला परेको छ ।

 

बिज्ञापन

झापाकाे गाैरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुर बस्ने काशी शर्माकाे घरमा माउ सहित २७ वटा गाेमन सर्पकाेे बच्चा दुलाे भित्र रहेकाे अवस्थामा फेला परेकाे छ ।

मंगलबार रातकाे ११ बजे घरकाे कोठामा सुतिरहेकाे अवस्थामा दुलाे भित्र सर्प रहेकाे थापा पाएपछि घरमा खैलाबैला मच्चिएकाे थियाे ।
काशी शर्माका छाेरा संदिप शर्माका अनुसार छिमेकीकाे सहारामा दुलाे खन्दा २६ वटा गाेमन सर्पका बच्चा भेटिएकाे थियाे ।

 

बुधबार विहान माउ गाेमन सर्प फेला परेकाे संदिप शर्माले बताए । ती सबै बिषालु सर्प भएकाे भन्दै गाउँलेले ढुंगा, लाठी , भाला प्रयाेग गरि मारेकाे शर्माले बताए ।

 

आज फेरि उनकै घरमा करेट सर्प फेला परेकाेे छ । उत्त सर्पलाई पनि भाला, लाठीले मारी जमिन मुनि गाडेकाे संदिप शर्माले बताए ।