सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्यो

साताको पहिलो दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।