
भद्रपुर । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै गरेका रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको उनले बताए ।